हिपमत डटकम

बिहिबार, पौष ०९, २०७७ || 549  पटक पढिएको

नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभीलाई अन्तिम पत्र काटेको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटकपटकको निर्देशन अटेर गरेपछि जेभीलाई नवौं पटक पत्र काटिएको जानकारी दिए ।

शुरुआती विन्दु १३ किमीमा पाँच वर्षअघि शुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छाडेर गएको सो निर्माण कम्पनीलाई यही पुस २ गते काम गर्न भनी अन्तिम पत्र काटिएको कार्यालयले जनाएको छ ।

विसं २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो । सम्झौता रकम रु १० करोड १३ लाख आठ हजार १३० मध्ये रु सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले काम शुरु गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!