हिपमत डटकम

बिहिबार, पौष ०९, २०७७ || 715  पटक पढिएको

१ नम्बर प्रदेशका सुनसरी, झापा र ओखलढुङगामा बुधवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज-२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा घाईते भएका
स्थानीय ९० बर्षीय बेचुदास मेहेतालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको उक्त नम्बरको कारले ठक्कर
दिंदा घाईते भएका चौधरीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको तथा ठक्कर दिने कार र चालक समेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । यस्तै ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका-६
सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङ तर्फ जाँदै गरेको उक्त नम्बरको
मोटरसाईल दुर्घटना हुँदा घाईते भएका रामेछापको मन्थली गाउँपालिका-९ का २८ बर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागी जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!