हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 886  पटक पढिएको

दक्षिण कोरिया जानको लागि पास गर्नुपर्ने ईपीएस भाषा परीक्षा कडा मध्यको एक मानिन्छ । तर, सो जाँचमा ५ वर्षदेखि नक्कली परीक्षार्थीको घुसपैठ हुने गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।

महानगरीय अपराध महाशाखाले लामो अनुसन्धानपछि कोरियन भाषा शिक्षक उत्तम मान लिम्बुलाई पक्राउ गरेपछि सो तथ्य खुलेको हो । सुनसरीको धरान उपमहागर–१९ घर भएका लिम्बु बागबजार स्थित ‘सेन्सेगेट कन्सल्टेन्सी’का कोरियन भाषा प्रशिक्षक हुन् ।

विद्यार्थीसँग पैसा लिएर आफैंले जाँच दिने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले  बताए ।

विद्यार्थीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परिक्षा दिने लिम्बुले प्रतिविद्यार्थी ७ लाख असुल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । अर्का एक कोरियन भाषा शिक्षकसँग मिलेर उनीहरुले अहिलेसम्म ५० जनाभन्दा बढीको जाँच दिइसकेका छन् । महाशाखाको टोलीले मंगलबार उनलाई कालोपुलबाट पक्राउ गरेको हो ।

‘०१५ देखि उनले सो धन्दा गरिरहेको थाहा भएको छ,’ एसपी कार्की भन्छन्, ‘थप अनुसन्धान गर्दै छौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!