हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 628  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा विशेषता छ । उनी जुन ठाउँमा जान्छन्, त्यहाँ उनी घण्टौं भाषण गर्छन् । बसेकै ठाउँमा माइकको व्यवस्था गर्ने र लामो भाषण गर्ने उनको स्वभाव छ । अन्य समारोहमा मात्रै होइन, संसदमा भाषण गर्दा समेत उनलाई विशेष व्यवस्था गरिएको कुर्सीमै बसेर भाषण गर्ने गर्थे ।

बुधबार उनको शैली फरक देखियो । सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली पोडियममै गएर सम्बोधन गरे । उनले समारोहलाई करिब १० मिनेट सम्बोधन गरेका थिए । उनको यो सम्बोधन आफैंमा छोटो नभए पनि यसअघि उनले गर्ने भाषणको तुलनामा निकै छोटो हो ।

सम्बोधनको क्रममा उनले नयाँ संविधान बमोजिम आएका कानूनहरुको कार्यान्वयन, न्याय निरुपण तथा फौजदारी मुद्दाको अभियोजनका लागि सरकारी वकिलहरुको भूमिका अपरिहार्य हुने भन्दै यो सम्मलेनले यी विषयहरुमा थप सुधार हुने विश्वास व्यक्त गरे । अहिलेको राजनीतिक परिदृष्यका बारेमा केही पनि उल्लेख नगरेका प्रधानमन्त्री ओलीले न्याय क्षेत्रकै विषयमा आफ्नो सम्बोधन केन्द्रित गर्दै भने, ‘अरु विषयमा प्रवेश गर्नु उपयुक्त ठान्दिनँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!