
भारतको केरल विशेष सिबिआई अदालतले २८ वर्ष पुरानो सिस्टर अभया हत्याकाण्डका दोषी पादरी र उनकी सहयोगीलाई आजीवन कारावासको सजाय सुनाएको छ । मंगलबार अदालतले यस घटनामा फादर थोमस कोट्टूर र नन सिस्टर सेफीलाई दोषी ठहर गरेको हो । १९९२ मा सिस्टर अभायाको हत्या भएको थियो ।

सिबिआई अदालतले क्याथोलिक फादर थोमस कोट्टूर र नन सिस्टर सेफीलाई आजीवन जेल सजाय सुनाएको छ । कोट्टूर र नन सिस्टर सेफीमाथि धारा ३ सय २ अन्तर्गत आजीवन जेलसजायसँगै ५ लाखको जरिवाना तिर्नुुपर्ने आदेश समेत गरिएको छ ।
त्यस्तै, प्रमाण मेटाएबापत दुुबै थप सात वर्षको जेल सजाय पनि तोकिएको छ ।
के थियो घटना ?
मार्च १९९२ मा कोट्टायमको एक कन्भेन्ट (नन अर्थात् ईसाई भिक्षुुणी बस्ने गृह) मा २१ वर्षकी सिस्टर अभायाको शव भेटिएको थियो । सिबिआईको रिपोर्टअनुसार अभयाले कन्भेन्ट क्षेत्रभित्रै थोमस कोट्टूर, अर्का एक पादरी होन्जे फूूथराकयाल र सेफीबीच अनौतिक गतिविधि भइरहेको देखेकी थिइन् । त्यसकारण, आफ्नो अपराध लुकाउनका लागि कोट्टूूर र सेफीले अभायाको हत्या गरे, उनी शवलाई कन्भेन्टकै कुनामा फ्याँकिदिए ।
पहिले यस घटनालाई आत्महत्या भनिएको थियो । प्रहरी र अपराध महाशाखाले पनि आफ्नो छानविनमा यही नै भनेको थियो । यद्यपी, छानविनका क्रममा धेरै कुरा स्पष्ट खुलेको थिएन । त्यसैकारण यस घटनाको ठूलो विरोध भयो । त्यसपछि यस घटना हेर्ने जिम्मेवारी सिबिआईलाई दिइयो ।
सिबिआईले अदालतमा तीनवटा फाइनल रिपोर्ट बुुझाएको थियो, जसलाई अदालतले इन्कार गरिदियो । अदालतलाई जाँचका धेरै पक्षहरुबारे सन्तुुष्टी थिएन ।
त्यसपछि सिबिआईले फेरि अर्को रिपोर्ट पेश ग¥यो । यस रिपोर्ट हेरेपछि अदालतले आरोपितहरुलाई हत्याको दोषी ठहर गर्दै उनीहरुलाई आजीवन जेल सजाय तोकेको हो । यस घटनामा मुुछिएका अर्का पादरी फूूथराकयाले भने गत वर्ष नै सफाई पाएका थिए ।