हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 695  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको समस्या अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण निम्तिएको दावी गरेका छन् ।
मंगलबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक जीवन र विकसित घटनाक्रमका सन्दर्भलाई प्रकाश पार्दै उनले परिवर्तित परिस्थितिमा यो बैठक आयोजना गरिएको बताए ।
उनले पार्टी सचिवालय बैठक बस्नका लागि पनि धेरै पापड बेल्नुपरेको स्मरण गराए । बैठक बोलाउन केपी ओली तयार नभएपछि आफूहरु धुम्बाराहीमा भेला भएको र मौखिकमात्र नभई लिखित रुपमा पनि आफ्ना कुरा राखौं भनेर ओलीलाई भेट्न बालुवाटार गएको उनले स्मरण गराए ।

त्यहाँ आफूहरुलाई प्रधानमन्त्री ओलीले गैरजिम्मेवार जवाफ दिएको पनि उनले सुनाए । बैठकमा पटक पटक कार्यकारी अध्यक्षको कुर्सी हटाइएको पनि उनले जिकिर गरे ।
‘उहाँ (कार्यकारी अध्यक्ष प्रचण्ड) ले पटक पटक अपमानको विष पिउनु भएको छ,’ उनले भने, ‘मैले त केपी ओलीलाई भनेँ पनि– यो त प्रचण्ड भएकाले मात्र सहनु भयो, म भएको भए..।’
पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, अन्य केही साथीहरु यो बैठकमा अनुस्थित रहेको चर्चा गर्दै उनले उनीहरु एउटा गुटको भेलामा लागेको टिप्पणी गरे ।

पार्टीको ४४१ सदस्यीय केन्द्रीय समितिको झण्डै दुई तिहाई सदस्य यहाँ उपस्थित रहेको दावी गर्दै उनले कसैले गुटको भेला गरेर त्यस्तो भेलाले गर्ने निर्णय मान्य नहुने बताए । उनले भने-केन्द्रीय समितिको अध्यक्ष भनेको पार्टीभन्दा माथि हुन्छ ? अनुशासन मान्नु पर्दैन ? तर यो कुरालाई केपी ओलीले कहिल्यै पनि मान्नु भएन ।

एक नम्बर अध्यक्ष भएकाले मेरो हस्ताक्षर कार्यकारी, मैले गरेको काम नै निर्णायक भन्ने खालको कुरा पनि सुन्ने गरिएको चर्चा गर्दै नेता नेपालले विधि, विधान र संविधान अनुसार त्यस्ता तर्कको कुनै तुक नरहेको दावी गरे ।

अब दुई पूर्व घटकको छायाँलाई मेटेर पार्टीलाई एक बनाउन जरुरी रहेको र त्यो समय आएको वरिष्ठ नेता नेपालले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!