हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 697  पटक पढिएको

नेपालमा कुन चाहिँ पार्टी सत्तामा रहन्छ भन्ने कुरा चीनलाई फरक नपर्ने चिनियाँ सरकारी मिडिया ‘द ग्लोबल’ टाइम्स’मा प्रकाशित एक लेखमा भनिएको छ । भारतीय मिडिया द हिन्दुस्तान टाइम्समा नेपालमा देखिएको पछिल्लो पछिल्लो विवादले ‘चीनलाई चोट पुगेको’ र चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको उल्लेख भएपछि त्यसको खण्डन गर्दै चिनियाँ सरकारी मिडियामा उक्त लेख प्रकाशित भएको हो ।

लङ सिङचुनको लेखमा चीनले दुवै पक्षको हितका लागि नेपालमा स्थिर सरकारको मात्र आशा गरेको स्पष्ट पारेका छन् । नेपालमा को सत्तारुढ पार्टी रहन्छ भन्ने चीनको कुनै रोजाइ नरहेको बताउँदै उनले चीनले नेपालको कुनै पनि सत्तारुढ पार्टीलाई समर्थन, दबाब वा जबर्जस्ती नगरेको स्पष्ट पारे ।

‘बरु भारतले नेपालमाथि दबाब बनाउने गरेको छ, नाकाबन्दीसम्म लगाएर,’ लेखमा भनिएको छ । चीनको संयोजनकारी भूमिकालाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप भनेर बुझ्न नहुने बताउँदै भारतीय पक्षको आरोप निराधार भएको बताइएको छ ।

भारतीय मिडियाले नेपाल–चीन सम्बन्धलाई चिढाउन खोज्ने प्रयास गरे पनि यसले ठूलो असर नपार्ने लेखमा दाबी गरिएको छ ।

लेखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले नेपाली जनताले अपेक्षा गरेको स्थायित्व र आर्थिक विकासमा असर पुर्याउनेमा चिन्ता पनि व्यक्त गरिएको छ । देश पुनः राजनीतिक अस्थिरतातर्फ अग्रसर भएकोमा लेखमा दुःख व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!