मुम्बई । अभिनयबाट राजनीतिमा प्रवेश गरेकी अभिनेत्री पायल घोषले गत सेप्टेम्बरमा निर्देशक अनुराग कश्यपलाई यौन शोषणको आरोप लगाएकी थिइन् । यसको अलवा अनुराग विरुद्ध वर्साेवा पुलिस थानामा एफआईआर समेत दर्ता भएको थियो ।

एफआइर दर्तापछि पुलिसले अनुरागलाई थानामा बोलाएर सोधपुछ समेत गरेको थियो । तर, पायल भने पुलिसको अनुसन्धानबाट अहिले खुसी छैनन् । हालै उनले एक ट्वीटमार्फत पुलिसले अनुसन्धान ढिलो गरेको आरोप समेत लगाएकी छन् । पायलले ट्वीटमा लेखेकी छन् ‘४ महिना भएको छ । मैले प्रमाण दिएपनि अनुराग बिरुद्ध केही एक्सन लिइएको छैन । के अनुसन्धान अगाडि बढाउन म मर्नुपर्छ ?’

पायलले फेरि अर्काे ट्वीट गरेकी छन् । जसमा लेखिएको छ ‘धेरै समय बितिसकेको छ । मुम्बई पुलिसले राम्रो परिणाम दिन सकेन । मेरो दिलबाटै अनुरोध छ । यो एक महिलाको मामला हो । हामी के उदाहरण पेश गर्दैछौ भनेर ध्यान राख्नुपर्छ ।’

पायलले गत सेप्टेम्बर २०२० मा ट्वीटमार्फत अनुरागलाई यौन शोषणको आरोप लगाएकी थिइन् । २०१३ मा अनुरागले आफ्नो घरमा बोलाएर यौन शोषण गरेको पायलको आरोप रहेको थियो । त्यसपछि १ अक्टुबर २०२० मा अनुरागलाई पुलिसले सोधपुछ गरेको थियो । सोही क्रममा अनुरागले आरोप झुटो भएको बताएका थिए । सोधपुछको क्रममा अनुरागले भनेका थिए ‘पायलले जुन घटनाको कुरा गरेकी छिन् । त्यो समय उनी आफ्नो फिल्मको कामका लागि श्रीलंकामा थिए ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!