हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 810  पटक पढिएको

नेकपा औपचारिक बिभाजनको बाटोमा पुगेको छ । एकले अर्कोलाई कार्वाही गर्ने र हस्ताक्षर जुटाएर निर्वाचन आयोग पुग्नेमा बिहान नौ बजे र दिउँसो १ बजेको दैनिक रुटिन छ ।

आजै प्रधानमन्त्रीले पार्टी अर्को बनाउन फेरि अध्यादेश जारी गराउने सम्भावना देखा पर्दैछ । दल बिभाजनका निम्ति पार्टी र सँसदीय दल दुबैतर्फ ४० % अनिवार्य हुनैपर्ने प्रावधानलाई वीचको “र” झिकेर पहिले झैं “वा” बनाउने र ४० लाई ३० मा झार्ने कसरत हो यो । यसो गर्दा ०४८ सालदेखि एमालेले प्रयोग गर्दै आएको चुनाव चिन्ह “सूर्य” बहुमतले नै चलाउने कि त्यसमा पनि आफ्नो दावी पेश गर्ने भन्ने अन्यौल रहन सक्छ । ०५४ मा एमाले फुटेर माले जन्मदा तारा चिन्हले ६ लाख मत पाएको थियो ।

अहिले नेकपाका दुबैथरी नेताहरुलाई घरदैलो गर्दैको भ्याइनभ्याइ छ । प्रचण्ड-माधवहरु भैसेपाटी वामदेव गौतम निवास पुग्नुभएको छ । पूर्व एमालेजस्तै पूर्व माओवादीमा पनि कित्ताकाट शुरु भएको छ । मणि थापा,टोपबहादुर रायमाझी र लेखराज भट्ट स्पष्टत: ओली खेमामा सामेल हुनुभएको छ भने हरिबोल गजुरेल र बादल पूर्व समूहमा रहने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!