हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 1006  पटक पढिएको

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपाल पक्ष र नेपाली काँग्रेसका सांसदहरुले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दर्ता गर्ने भएका छन् । मंगलबार प्रतिनिधिसभाका बहुमत सांसदहरुले सर्वोच्चमा रिट दयार गर्न लागेका हुन् ।

आज दिउँसो १२ बजे दलहरुका तर्फबाट गोविन्द बन्दीले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्दैछन् । बन्दीका अनुसार अहिले रिटको मस्यौदा तयार हुँदैछ । संसदहरुको तर्फबाट सर्वोच्चमा रिट दिनका लागि कानुन व्यवसायीहरुसँग छलफल गरेर मस्यौदा तयार भइरहेको देव गुरुङले बताए ।

सोमबार मात्र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णयविरुद्ध एक दर्जन रिट दर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!