प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै ‘देश डुब्न लाग्यो भनेर माझी दाइ गुहारेको’ आरोप लगाएका छन् ।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सतहमा हेर्दा हिजो (आइतबार) विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिकजस्तो देखिए पनि यो स्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मुलतः सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) का केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरितका गतिविधिहरुद्वारा सिर्जना भएको दावी गरे ।

उनले भने, ‘सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कसैले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउनका लागि माझी गुहार्न थाल्नुभयो ।’
स्मरणीय छ, २०७५ असोजमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही किनारा लगाइदेऊ’ भन्ने गीतका दुई पंक्ति वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!