हिपमत डटकम

सोमबार, पौष ०६, २०७७ || 707  पटक पढिएको

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन् । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको आज उद्घाटन गर्ने क्रममा उहाँले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।

“बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, त्यही अवस्था सिर्जना भयो”, जनताले स्थिर सरकार र विकास निर्माणका कार्यका लागि जनादेश दिँदासमेत केही अस्थिरता चाहनेले समृद्धिको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेको चर्चा गर्दै मुख्यमन्त्री राईले भने, “महाधिवेशनबाट नीति र नेतृत्वको छिनोफानो गर्ने सहमति र अभिभारातर्फ जानुपर्नेमा नेकपाभित्र विवाद भयो, अहिले दुःखद् बाध्यता सिर्जना हुनपुग्यो ।”

उनले सङ्घीय संसद् विघटन जनताको चाहना नभए पनि दुःखद् बाध्यता भएको बुझाउन अब जनतामा जानुपर्ने बताए । भद्रपुर नगरपालिका वडा नं १० मा ग्रामीण प्रशिक्षण केन्द्रलाई सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि यहाँ प्रदेश प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।

विसं २०१९ मा पञ्चायत प्रशिक्षण केन्द्र नै २०४६ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि ग्रामीण विकास प्रशिक्षण केन्द्र बनेको थियो । मुलुक सङ्घीयतामा गइसकेपछि अब प्रदेश नं १ का १३७ पालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण सञ्चालन गरिने केन्द्रका निर्देशक गणेश तिम्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!