हिपमत डटकम

सोमबार, पौष ०६, २०७७ || 601  पटक पढिएको

पछिल्लो समय खेमा बदलेका उद्योगमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गुटको भेलामा सहभागी भएका छन् । आइतबार प्रतिनिधिसभा विघटन गराएका ओलीले सोमबार बिहान आफूपक्षको रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमै भेला बोलाएका छन् ।

सो भेलामा पूर्वमाओवादी समूहका भएपनि पछिल्लो सयम प्रचण्डको साथ छाडेका भट्ट बैठकमा सहभागी हुन् । भट्ट ओलीकै लहरमा महासचिव विष्णु पौडेलसँगै देखिएका छन् ।
ओलीको कदमको विरोध गर्दै माधव नेपाल समूहकासहित ७ मन्त्रीले राजीनामा दिएपनि भट्टले दिएका छैनन् । यस्तै गृहमन्त्री रामबहादुर थापाले पनि राजीनामा दिएका छैनन् । तर उनी भने सो भेलामा सहभागी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!