
रंगेली । कोरोनाको संक्रमणका विच खुलेको मोरङको रंगेली स्थित एक विद्यालयका ६० बढी विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको छ । रंगेली नगरपालिका ४ आमतोला स्थित रहेको जनता माध्यमिक विद्यालयका कक्षा १ देखी ६ सम्मका ६० बढी विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको हो ।

विद्यालयका अधिकांश कम उमेर समुहका नानिहरुमा उच्च ज्वरो देखिएको छ । विद्यालयका प्रध्यानध्यापक सेवन्त गौतमका अनुसार ८ वर्ष देखी १२ वर्ष सम्मका छात्रछात्राहरुमा १०४ डिग्री सम्म ज्वरो देखिएको बताए । उनले भने हामीले विहान प्रार्थनाको समयमा सहभागी विद्यार्थीहरुको ज्वरो मापन गर्दा ६० जना सम्म विद्यार्थीहरुलाई ज्वरो देखियो, कोरोनाको संक्रमणको बेला यतिका संख्यामा विद्यार्थीहरुमा ज्वरो देखिएपछी आफुहरुले नगर शिक्षा संग समन्वय गरेर विद्यालय बन्द गरेको जानकारी दिए ।
करिव ४ सय विद्यार्थी अध्यनरत रहेको सो विद्यालय खुले संगै जाडोको मौसमका कारण दैनिक डेढ सय देखी २ सय सम्म विद्यार्थीहरु पठनपाठनका लागी आउने गरेको थिए । नगर शिक्षा शाखाका प्रमुख रविन्द्र पण्डीतले समस्या देखिएपछी ३ दिन स्कुल विदा गरिएको जानकारी दिए । उनले भने–एक्कासी विद्यार्थीहरुमा उच्च ज्वरो देखिएकाले हामीले नगर स्वास्थ्य शाखालाई समेत खवर गरेर कोरोना परिक्षणका लागी आग्रह गरेको जानकारी दिए । दक्र्षिणपुर्वी मोर¨को ६ पालिकाहरुको संयुक्त बैठकले मंसिर १५ गते देखि स्वास्थ्य मापडण्ढ अपनाएर विद्यालय खोल्ने निर्णय गरे अनुसार यहाका विद्यालयहरु थिए । यता रंगेली नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले उच्च ज्वरो देखिएका विद्यार्थीहरुको स्वाप संकलनको तयारी भइरहेको जानकारी दिए । विद्यालयका अधिकांश कम उमेरका विद्यार्थीहरुमा ज्वरो देखिएपछी अभिभावकहरु चिन्तीत बनेका छन् ।