हिपमत डटकम

आइतबार, पौष ०५, २०७७ || 1895  पटक पढिएको

पाँचतारे स्तरको होटल अन्नपूर्ण बन्द भएको छ । कोभिड–१९ को महामारीसँगै होटल क्षेत्रमा आएको मन्दीका कारण सञ्चालन खर्च धान्न सक्ने अवस्था नभएपछि बन्द गरिएको हो । होटलकी कार्यकारी अध्यक्ष सिर्जना राणाले सन् २०२१ भरका लागि होटल बन्द गर्ने निर्णय गरेको बताइन् ।

उनले आउँदो वर्ष समेत विदेशी पर्यटक उल्लेख्य रुपमा आउने सम्भावना नदेखिएका कारण तत्कालका लागि होटल नखोल्ने निर्णय गरेको बताइन् । अध्ययन गरेर अर्को वर्षदेखि होटल खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय गर्ने उनको भनाइ छ ।

होटल अन्नपूर्ण सन् १९६५ देखि सञ्चालनमा आएको हो । काठमाडौंको मुटु दरबारमार्गको ५.५ एकड क्षेत्रफलमा फैलिएको यस होटलमा ३ सय ५० भन्दा बढी कर्मचारी छन् । ती सबैलाई नियमानुसार पारिश्रमिक र सुविधा दिएर बिदाई गर्ने अध्यक्ष राणाले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!