हिपमत डटकम

आइतबार, पौष ०५, २०७७ || 887  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले सुझाव दिएको छ । प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आइतबार साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।

छलफलमा दुई चरणमा चुनाव गर्दा खर्च धेरै लाग्ने भएकोले एकै चरणमा निर्वाचन गर्न आयोगले सुझाव दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले निर्वाचन आयोगले चैतसम्म निर्वाचनको तयारी गर्न पर्याप्त समय भएकोले एकै चरणमा सम्पन्न गर्न सकिने बिफ्रङ गरेको थियो ।

प्रधानमन्त्रीसँगको छलफलका लागि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी पौडेल बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!