हिपमत डटकम

आइतबार, पौष ०५, २०७७ || 751  पटक पढिएको

प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रम र सुरक्षा चुनौतीबारे प्रधानसेनापपति पूर्णचन्द्र थापाले उच्च सैन्य अधिकारीसँग छलफल गरिरहेका छन् । प्रधानसेनापति थापाले पृतनापतिहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेका हुन् ।

सैन्य प्रवक्ता पौडेलले भने–‘यस्तो छलफल नियमित पनि हुन्थ्यो, अहिले थप सुरक्षा चुनौती आउँछ कि भन्ने हो, त्यसबारे छलफल जारी छ ।’

छलफलमा नेपाली सेनाको ८ जना पृतनापति सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटनको सिफारिस गरेपछि आईतबार बिहान जंगी अड्डामा प्रधानसेनापति थापाले पिएओज मिटिङमा छलफल गरेका थिए ।

‘सुरक्षामा प्रभाव पर्छ कि भन्ने हाम्रो चासोको विषय हो’ सैन्य प्रवक्ता पौडेलले भने ।

विकसित राजनीतिक घटनाक्रम पछिको सुरक्षा परिस्थितीको सुक्ष्म निगरानी गर्न प्रधानसेनापति थापाले मातहतलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!