
फिल्म निर्माता करण जौहरलाई भारतीय नारकोटिक्स कंट्रोल ब्युरोले (एनसीबी) ले सूचना जारी गर्दै उनलाई उनको घरमा पछिल्लो समय भएको पार्टीको बारेमा जानकारी मागेको छ ।

उनको पछिल्लो पार्टीमा लागूपदार्थ प्रयोग भएको आशंका समेत गरिएको छ । यसै विषयलाई लिएर महाराष्ट्र कांग्रेसले कंगनालाई लागूपदार्थको विषयमा चेकजाँच नगरिएको बारेमा जवाफ मागेको छ ।
कांग्रेस नेता सचिन सावन्तले एनसीबीले करण जौहरलाई सूचना जारी गर्ने तर अभिनेत्री कंगनालाई भने किन नबोलाउने भन्ने विषयमा प्रश्न गरेका छन् ।
कंगनाले एक भिडियोमा खुलेयाम लागूपदार्थको सेवन गरेको पाइएको छ । तर पनि अहिलेसम्म उनलाई सोधपुछ नगरिनु आपत्तिजनक भएको बताइएको छ ।
सावन्तले जुन भिडियोमा करण जौहरलाई जवाफ मागिएको छ सोही भिडियो सन् २०१९ मा मुख्यमन्त्री देवेन्द्र फडणवीसले गृहमन्त्री पनि सम्हालेका थिए उनले किन कंगनामाथि सवाल उठाएनन् भन्ने बारेमा पनि बोलेका छन् ।
सावन्तले सुशान्त सिंह राजपूतको विषयमा एनसीबीले कुनै पनि सम्बन्ध नभएको मुद्दामा समेत चेकजाँच गरिरहेको आरोप लगाए ।