रबिन्द्र बराल

शुक्रबार, पौष ०३, २०७७ || 672  पटक पढिएको

मोरङको सुनवर्षी नगरपालिका ५ स्थित टकुवा मा बसाेवास गर्दै आएका मुजाईल मियाको डेर बर्षका छाेरा अनास हुसेन खेल्ने क्रममा मा घर नजिकै काे खाल्डो मा पानी मा डुबेको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरमा उनकाे आमा ले बच्चा घरमा नभेटेपछि उनले खाल्डो मा डुवेकाे अवस्थामा देखे पछि शुक्रबार साँझ ५ बजे रंगेली अस्पतालमा उपचारका लागि ल्याएकाेे थियो । रंगेली अस्पताल का मेसु राेहिन्द्र पाण्डे का अनुसार उक्त बच्चा अस्पताल ल्याई पुर्याउदा बच्चा काे धड्कन र सास समेत बन्द भएको र बच्चा चिसाे र निलाे भाइ सकेकाे अवस्थामा अस्पतालमा ल्याईपुर्याएकाे उनलेे बताए । अस्पताल का मेसु राेहिन्द्र पाण्डे र ईमर्जेन्सी डाक्टर गाेमा चाैधरी र एनिसेसिया का बिनाेद सिंह काे टिम ले डेर बर्षकाे बच्चालाई CPR पद्धति काे माध्यम बाट ३० मिनेटको अथक प्रयास बाट बच्चा काे धड्कन चल्न सुरु गरे पछि बच्चालाई आईसुुुलेसन मा राखेर उपचार गराउनुपर्ने भएका ले बिराटनगर स्थित नाेेेवेेल अस्पतालमा थप उपचारका लागि पठाएको डाक्टर पाण्डेले बताए । समचार तयार पार्दा सम्म बच्चा काेे स्ववास्थ्य सुधार भएको बिनाेद सिंह लेे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!