हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 1718  पटक पढिएको

वैदेशिक रोजगारीमा गई पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा आउन नपर्ने भएको छ । विश्वमा रोजगारीमा रहेका नेपाली श्रमिकले अनलाइनबाटै आँफै श्रम स्वीकृति नवीकरण गर्न सकिने वैदेशिक रोजगार विभागका निर्देशक (सूचना अधिकारी) टीकामणि न्यौपानेले जानकारी दिनुभयो ।

रोजगारीमा गएका श्रमिकले श्रम स्वीकृति म्याद सकिएपछि नेपालमै आएर रोजगार कार्यालयबाट नवीकरण गर्नुपर्नेमा अबदेखि जुनसुकै मुलुकबाटै गर्न सकुन् भनेर यो सुविधा ल्याएको विभागको भनाइ छ ।यो अनलाइनको सुविधा एक हप्त भित्र विदेशका जुनसुकै मुलुकबाट अनलाइन सेवाबाट नवीकरण गर्न सकिने विभागका निर्देशक न्यौपानेले बताउनुभयो ।

यो सुविधाले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमै रहेका लाखौं कामदार लाभान्वित हुनसक्ने विभागको अपेक्षा छ । यो सेवा लिनको लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट–वेमार्फत् वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमा तिर्न सकिने प्रवक्ता न्यौपानेले बताउनुभयो । यो व्यवस्थाको लागि अनलाइन सेवा कम्पनी र इन्सुरेन्स कम्पनीहरुसँग सम्झौता भइसेकेको र उनीहरुले काम गरिरहेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!