नेपाल सहित विश्वका १ सय २२ देशमा बिद्यार्थीमाझ आयोजना भइरहेको “हल्ट प्राइज २०२०” को विराटनगरको मेरिल्याण्ड कलेजका वल्भरह्याम्टन विश्वबिद्यालयका बिबिएमका बिद्यार्थीहरुले अन-क्याम्पस कार्यक्रम सम्पन्न गरेका छन् ।

कलेज परिसरमा आयोजना भएको फिनालेमा कलेजका १२ वटा टिमले प्रतिस्पर्दा गरेकोमा बिज स्कवाड टिम प्रथम भएको थियो भने दि चर्मर्स दोस्रो तथा इलिमुनेट टिमले तेस्रो स्थान प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा उद्योगी महेश जाजु , प्रकाश मुन्डरा , प्राइम बैंकका प्रदेश १ प्रमुख डिमन श्रेष्ठ , अर्थशास्त्री डा पीके झा निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगिताको बिजेता टिमले रिजनल प्रतियोगितामा सामेल हुन् जाने छन् भने दोश्रो र तेस्रो स्थानमा रहने टिमले नगद पुरस्कार पाउने छन् ।

युवाहरुलाई सामाजिक उद्यमशिलाता क्षेत्रमा उत्प्रेरणा दिने उदेश्यले हल्ट फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा बिजेता हुने टिमले १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने हल्ट प्राइजका कलेज निर्देशक रोनक आग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!