हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 729  पटक पढिएको

पाकिस्तानमा हालै एक महिलामाथि सामूहिक बलात्कार भएपछि न्यायका लागि भयंकर प्रर्दशन भएको थियो । उक्त प्रर्दशनपछि पाकिस्तान सरकारले बलात्कारीका लागी नयाँ कानुनको व्यवस्था गरेको छ ।

पाकिस्तान सरकारले नयाँ स्पेशल न्यायालयको व्यवस्था गरेको छ । जसले कुनै पनि बलात्कारको केसलाई चार महिना भित्र नै समाधन गरी फैसला सुनाउने भएको छ । सजाय हुने व्यक्तिका लागि छुट्टै कारागाारको व्यवस्था गरिएको छ भने ६ घण्टा भित्र स्वास्थ्य परिक्षण गराइने साथै केस दर्ता तरुन्तै गराइने व्यवस्था लागु भएको हो । स्पेशल न्यायलय पाकिस्तानको प्रत्येक राज्यमा हुनेछ ।

महिला तथा बालबालिका हिंसाविरुद्व सम्पूर्ण मुद्दा त्यस न्यायलयमा चलाइने छ । बलात्कारीका लागि मृत्यु दण्ड वा रसायनिक क्यास्ट्रेशनको मात्र व्यवस्था हुने छ । कराचीस्थित बलात्कारविरुद्व विद्रोह गर्ने समूहका अनुसार पाकिस्तानमा ३ प्रतिशत भन्दा कम बलात्कारका घटनाहरुमा बलात्कारी दोषी ठहरिन्छन् । यस नियम प्रति महिला अधिकारवादीहरु निकै खुशी महसुस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!