हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 1218  पटक पढिएको

११२ वर्षकी महिला ९५ वर्षदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट खाने गर्छिन् । यी कहाली लाग्दो चुरोट खाने महिला नेपाली हुन् । उनको नाम बतुली लेमिचन हो । एक अंग्रेजी वेबसाइट अनुसार लेमिचनले १७ वर्षको उमेरदेखि सिगरेट पिउन थालेकी थिइन् ।

अहिले उनको जेठो छोरा ८५ वर्षका भए । उनले ५ जनाको सन्तानको जन्म दिएपनि हाल १ मात्र छोरा जिवित छन् । उनका श्रीमान ८० वर्ष हुँदा नै एक्लै छाडेर भारत गएका थिए । उनले जिन्दगीमा धेरै उतार चढाव आएपनि आफ्नो उमेरले केही फरक नपारेको बताएकी छिन् ।

बतुलीको सिगरेटको धुवामा भएको निकोटिन कम गर्नलाई आफ्नै तरिका छ । उनले चुरोटलाई दुई औलाको बीचमा राख्नुको सट्टा आफ्नो पुरै हातले समातेर पिउने गर्छिन् । उनले बजारमा पाउने सिगरेट भन्दा तेज पत्ताबाट बनेको बिडी खान सल्लाह दिन्छिन् ।

यति धेरै उमेर हुँदा पनि बतुलीले आफ्नो सबै काम आफै गर्छिन् । २०७२ सालमा भुकम्प जाँदा उनको घर भत्किएको थियो । उनलाई नातेदारले दिएको सल्लाह अनुसार उनले हाल मन्दिरलाई आफ्नो घर बनाएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!