रबिन्द्र बराल

बुधबार, पौष ०१, २०७७ || 670  पटक पढिएको

बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण कार्यमा गजुरमुखी कम्पनी का ठेकेदार ले काम मा लापरवाही गरिरहेको पाइएको छ । जग बलियाे भए घर बलियो हुन्छ भने सबै लाई थाहा छ र साेहि अनुरुप सबै सर्वसाधारण हरुले आफ्नाे घर बनाउदा घर काे जग राम्रो बनाउने चहाना हुुुुुन्छ र बलियाेे बनाउने गर्दे छन ।

तर ठेक्केदार हरु ले सडक निर्माण मा कल्भट र वालमा निर्माण गरेता पनि सानाे लापरबाहीले बनाएकाे वाल वा युईङ वाल मा भने पानी नहालिएकाे भेटिएको छ । गजुरमुखी मोतीदान जेभि ले हुलाकी सडक अन्तर्गत माेरङ काे सुनवर्सि नगरपालिका काे झिङ्गिटाेल र बिपि आस्रम नजिकै अहिले ठाउँ ठाउँमा कल्भट निर्माणकार्य द्रुतगतिमा काम गरिरहेेेेेकाे छ । ठेक्केदार कम्पनी ले निर्माण गरिएको युईङ वाल निर्माण गरेता पनि साे वालमा ५ दिन देखि साता दिन सम्म क्युरिङ( पानी ) हाल्नु पर्ने भएता पनि निर्माण भएको साता दिन बितिसक्दा समेत साे युईङ वालमा भने एक थाेपा पनि नहालेकाे र वाल पुरै सुख्खा भएको पाईएकाे छ ।

यता हुलाकी सडक का साईड ईन्जिनियर शिव राम देव का अनुसार पानी हाल्नु पर्नेे हुन्छ र युईङ वालमा पानी बिहान बेलुका हालिएको बताए । बिहान बेलुका पानी हालिएको वाल यस्तो सुख्खा हुन्छ त ? तपाईं हामी साेझै अनुमान लगाउन सक्छौ पानी हालेको या नहालेकाे भनेर यसरी ठेक्केदार र ईन्जिनियर ले दिउँसै राति पर्याे भनेर कसैले बिस्वास गर्ने स्थानीय बताउँछन । रतुवा डाइनिया रंगेली सेक्सन अन्तर्गत ० किमी देखि १६+५०० किमी सम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनी काे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!