हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 584  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीभित्रको सत्ता संघर्षले देशको राजनीतिक जटिल मोडमा पुगेको छ । संसद अधिवेशन डाकिएको छैन । त्यसको साटो अध्यादेश ल्याएर आफू अनुकूलको सत्ता सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनले हतार हतार बजेट अधिवेशन अन्त गर्न सिफारिश गरेका थिए । त्यसपछि चार महिनायता संसद अधिवेशन बस्न सकेको छैन ।

ओलीले विगतमा राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याए । पछि फिर्ता गरे । यसपटक उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका छन् । संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिश गर्नुपर्नेमा नगरी नयाँ अध्यादेश ल्याएका छन् । यसमा नेकपाभित्रको विवादले नै भूमिका खेलेको छ ।

ओली अध्यादेशमार्फत् देश चलाउन थालेका छन् । उनले संसदको सामना गर्ने र संसदीय प्रक्रियाबाट ऐन संशोधन गरेर बढ्ने भन्दा त्यसलाई छलेर बढ्न थालेका छन् । नेकपाभित्र यसले तिव्र असन्तुष्टि व्याप्त भएको छ ।

पार्टी स्थायी कमिटी बैठकले ओलीको राजनीतिक प्रतिवेदनलाई अस्वीकृत गर्ने सम्भावना बलियो छ । कम्युनिस्ट पार्टीमा जसको प्रतिवेदन पारित हुन्छ उही नेतृत्वमा पुग्छ । प्रचण्डको पनि प्रतिवेदन छलफलका क्रममा छ । तर, ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्ने पक्षमा छैनन् । उनले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारिसकेका छन् ।

पार्टीले ओलीलाई कारबाही गर्ने सम्मको परिस्थिति बनेको छ । यस्तो अवस्थामा ओलीले फेरि पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने सम्भावना छ । अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले पार्टी एकता भएको पाँच वर्षसम्म फुटाउन नपाइने, दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०-४० प्रतिशत सदस्य संख्या चाहिने व्यवस्था छ । त्यसमा परिवर्तन गरेर ओलीले विगतमा पनि अध्यादेश ल्याएका थिए । सोही प्रकारको अध्यादेश फेरि ल्याउने सम्भावना देखिदैछ ।

पूर्व प्रधानमन्त्री समेत रहेका राजपा वरिष्ठ नेता बाबुराम भट्टराईले मंगलबार ट्वीट गर्दै ओलीले अर्को विध्वंशकारी अध्यादेश ल्याउनसक्ने टिप्पणी गरेका छन् । अहिलेको राजनीतिक परिस्थितिले ओली त्यही दिशातर्फ बढ्न लागेको विश्लेषण भइरहेृको छ । एकपछि अर्को अध्यादेश ल्याउँदै सत्ता संकट टार्ने र विरोधीलाई हायलकायल पार्नेमा ओली जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!