हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 496  पटक पढिएको

पथरी । मोरङको पथरीशनिश्चरे नगरका सडक क्षेत्रमा पसल तथा विभिन्न सामग्री राखिएको अवस्थामा जरिवाना गर्न नगर कार्यपालिकालाई सिफारिस गरिएको छ ।

नगरको राजस्व परामर्श समितिको आजको बैठकले सडक क्षेत्रमा पसल, व्यवसाय सञ्चालन नगर्न पुनः सूचना गर्ने र अटेर गरेमा जरिवाना सहितको कारवाही गर्न कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।

साप्ताहिक हाट बजारमा समेत सडक क्षेत्रलाई अवरोध नपुग्ने गरी व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । साथै घर निर्माण गर्दा सडक क्षेत्रमा पर्ने गरी निर्माण सामग्री राख्न नपाउने र छेउ भागमा राख्नै परे वडा कार्यालयसँग अनुमति लिइ सडकमा अवरोध नपुग्ने गरी ३ दिनभित्रमा हटाइसक्नु पर्ने निर्णय सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!