हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 946  पटक पढिएको

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले भूमि समस्या समाधानका सम्बन्धमा नगरका दलका प्रतिनिधिहरुसँग आज छलफल गरेको छ ।

छलफलमा नगर प्रमुख दिलीपकुमार राईले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न गठित आयोगले अबलम्बन गरेका नीतिका बारेमा जानकारी गराउनु भयो । साथै उहाँले आयोगलाई सघाउन नगर र वडा तहमा सहजिकरण समिति समेत निर्माण भई कर्मचारी र कार्यालय व्यवस्थापनको काम अघि बढेको पनि सुनाउनु भयो । उहाँले यस पटककको आयोग यसअघिका आयोगभन्दा अधिकार सम्पन्न रहेकाले समस्याको समाधान हुने कुरामा आयोगले विश्वस्त बनाएको उल्लेख गर्नुभयो ।

सहभागि दलका प्रतिनिधिहरुले दोहोरो स्वामित्वको समस्याका बारेमा आयोगका अधिकारीहरुसँग समेत आफुहरु बसेर छलफल गर्नुपर्ने बताएपछि नगर प्रमुख राईले आफुले आयोगका अधिकारीलाई छलफलमा बोलाउन पहल गर्ने जनाउनु भयो ।

छलफलमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले विज्ञ तथा आयोगका अधिकारीसँग दलका प्रतिनिधिको छलफल राख्दै सवैको सहकार्यमा समस्या समाधान गर्न लाग्नु पर्ने बताउनु भयो । नगरमा रहेका ७ वटा दलका प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!