
बिराटनगर। नेपाली कांग्रेसका महामन्त्री डा. शंसांक कोईरालाले काग्रेस एक ढिक्का भए सकैले हराउन नसक्ने बताएका छन् । नेपाली काग्रेस मोरङले विराटनगरमा आज आयोजना गरेको विरोध सभालाई संम्बोधन गर्दै नेता कोईरालाले आफ्नो काम पार्टीलाई एक ढिक्का बनाउने भएको बताएका हुन ।


अर्काे प्रशंगमा महामन्त्री कोईरालाले सरकारको भिजन नभएकाले जनताले दुःख पाएको गुनासो गरे । कोरोना नियन्त्रण भ्रस्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउदै विना दृष्टिको सरकारले जनतालाई दुःख दिएको आरोप लगाए ।

मोरङ काग्रेसका सभापती डिग बहादुर लिम्बुको अध्यक्षमा सम्पन्न कार्यक्रममा काग्रेस नेतृ शोभा पालुङवा , नेता सन्तोस न्यौपाने , भिम पराजुली, रमेशजंग रायमाझी, सत्यनारायण भगत , लगायतले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न नसकेको , भ्रस्टाचारमा सरकार लिप्त भएको , हत्या हिसा बलात्कार जस्ता जघन्य घटनाका अभियुक्तहरुलाई सजाय दिलाउन नसकेको लगायतका विषयमा बोलेका थिए ।
