हिपमत डटकम

सोमबार, मंसिर २९, २०७७ || 1175  पटक पढिएको

दुलहीलाई दुलाहाका साथीले नाँच्न कर गरे । दुलही मानिन् । उनीहरुले दुलहीलाई तानेर नचाउन लगे । दुलही असन्तुष्ट भइन् । आफूमाथि र्दुव्यवहार भएको भन्दै विवाह गर्न मानिन् ।

दुलहीलाई दुलाहा पक्षले मनाउन खोजे तर मण्डपमा बस्न मानिनन् । उनले आफूलाई र्दुव्यवहार हुँदा मूकदर्शक भएको भन्दै दुलाहा र उनका परिवारसँग असन्तुष्टि पोखिन् । यसरी विवाह नै रद्द भयो ।

यो घटना भारतको उत्तर प्रदेशको हो । टाइम्स अफ इन्डियाका अनुसार दुलाहा बरैली जिल्लाका हुन् भने दुलही कन्नौजकी हुन् । दुवै स्नातक गरेका हुन् । शुक्रबार भएको घटनापछि दुवै पक्षबीच तनाव भएको थियो । दुलही पक्षले दाइजोको मुद्दा समेत हालेको छ ।

दुलाहा पक्षले सम्झाएर सामान्य तरिकाले विवाह गर्न भन्दा पनि दुलही मानिन् । उनको परिवारले पनि साथ दियो । यसरी विवाह नै रद्द भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!