हिपमत डटकम

सोमबार, मंसिर २९, २०७७ || 876  पटक पढिएको

लास भेगसको विमानस्थलमा अलास्का एयरलाइन्सको विमानको पखेटामा बस्ने एक पुरुषलाई शनिबार पक्राउ गरिएको छ । विमानस्थलका प्रवक्ताले यसबारे जानकारी दिएका छन् ।

लास भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको १३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी गरिरहेको थियो । त्यति नै बेला विमान चालकले एक व्यक्तिलाई विमानमा चढिरहेको देखे र कन्ट्रोल टावरलाई यसबारे जानकारी दिए, अलास्का एयरलाइन्सले एक वक्तव्यमा भनेको छ ।

लास भेगस महानगरीय प्रहरी विभाग र विमानस्थलका अधिकारीले ती व्यक्तिलाई हिरासतमा लिएको विमानस्थलका प्रवक्ता जो राचेलले सीएनएनलाई भने ।

सोसल मिडियामा प्रकाशित भिडियोका अनुसार ती व्यक्ति विमानको पखेटामा हिँडिरहेको र बसिरहेको देख्न सकिन्छ । त्यसपछि बोइङ ७३७ को विङ्गलेट (विमानको पुछारमा माथितिर चुच्चो परेको उठेको भाग) चढ्नका लागि उनले आफ्नो जुत्ता र मोजा फुकालेको देख्न सकिन्छ ।

प्रहरी अधिकारी पुगेपछि ती व्यक्ति विङ्लेटबाट चिप्लिँदै तल झर्ने कोसिस गरेँ र भुइँमा पछारिए ।

अधिकारीले उनलाई हिरासतमा लिएर उनको स्वास्थ्योपचारका लागि लगेको राचेलले जानकारी दिए ।

उक्त घटना पछि विमानको पूरा परीक्षण गरियो र सबैकुरा सही पाइएपछि विमानलाई उडान भर्ने अनुमति दिइयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!