
मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने मुल नाराका साथ आज बिराटनगरका प्रतिष्ठित देबेनरा मुन्दडा परिवारले प्रदेश न-२ धनुषा जिल्लाको मिथिला नगरपालिकामा रहेको श्री आदर्श राष्ट्रिय माध्यमिक बिधालयका अति बिपन्न तथा गरिब १०० जना बालबालिकालाई देबेनरा मुन्दडा परिवारले जाडोबाट बच्न न्यानो कपडा (स्यिटर )बितरण गरेको बिधालय परिवारले हिपमत डटकमलाई बताउनु भयो।

तराईमा पछिल्लो समय जाडो बढी रहेको समयमा आफ्नो धेरै बिद्यार्थीहरु जाडोमा कढ्यागृदै गरेको दृश्य बिधालयका एक शिक्षक ओम प्रकाशले देखेपछी देबेनरा मुन्दडा परिवारलाई जानकारी गराउनु भएको थियो ।बिद्यार्थीहरुको यस्तो खबर सुन्ना साथ आज देबेनरा परिवारले कपडा बितरण गर्नु भएको हो ।आफ्नो बिद्यार्थीले न्यानो कपडा पाए पछि बिधालयका शिक्षक ओमप्रकाशले देबेनरा मुन्दडा परिवारलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यसरी नै मानविय कार्यलाई अगाडी बढाउन भन्दै शुभकामना ब्यक्त गर्नु भयो । देबेनरा मुन्दडा परिवारले यश अघि पनि हिपमत अर्थात हिमाल ,पहाड,मधेश, तराई सबै स्थानमा गएर गरिब तथा बिपन्न परिवारलाई ज्याकेट ,कम्वल तथा अन्य न्यानो कपडाहरु बितरण गर्दै आईरहनु भएको छ । यश बाहेक पनि अन्य थुप्रै सामाजिक कार्यहरु परिवारले गर्दै आईरहनु भएको छ ।