गणेश कुमार ठाकुर

आइतबार, मंसिर २८, २०७७ || 1303  पटक पढिएको

सिरहाको प्रसिद्घ कमला नदीको मुहान भएको जिल्लाको सबभन्दा ठूलो क्षेत्रफल भएको कर्जन्हा नगरपालिकाको शीरमा अवस्थित बन्दीपुर गाउँमा पर्यटकीय बाबा ताल जाने प्रबेशद्वारको मंसिर २७ गते शनिवारका दिन उद्घाटन कार्यक्रम सु – समपन्न भएको छ ।

प्रदेश नं.२ का आठ जिल्ला मध्ये सिरहा जिल्ला अन्न भन्डार भएको जिल्लामा प्रसिद्घ बाबा ताल,कमलदह,मानिक दह,राजा सलहेशको फुलवारी,पतारी पोखरी तथा सारश्वरनाथ महादेवस्थान जस्ता प्रयटकीय स्थानह्रुले भरेको जिल्लामा पर्यटकीय वर्षको अवसर पारी पर्यटनमा बिकास हुन सके देशलाई संमृद्घ बनाउन सक्ने सपनालाई साकारपार्न यसक्षेत्रका सिरहा क्षेत्र नं. ४(क) को प्रदेश संसद दिलिप कुमार साहले प्रदेश नं. २ को संसदीय विकास कोषबाट रु २१ लाखको लागतमा पूर्व पश्चिम लोक मार्ग सिरहाकोबन्दीपुरबाट करिब २ किलोमिटर उत्तर चुरे श्रृखलामा अबस्थित बाबा ताल परिसरमा नव निर्मित ” बाबा आरती भ्यू टावर“ को उद्घाटन गरेका छन् ।

कार्यक्रम बन्दीपुर निबासी नेपाल सरकार उच्च स्तरीय प्रशासन सुधारका माननीय अध्यक्ष काशीराज दहाल ज्यूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद माननीय दिलिप कुमार साह,बिशिष्ट अतिथि जिल्ला प्रमुख अधिकारी प्रविण राज कडेल,अतिथि लगायत कर्जन्हा नगरपालिकाका बिभिन्न राजनैतिक दलका राजनैतिक कार्यकर्ताहरु,शिक्षक बुद्घिजिवीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!