गणेश कुमार ठाकुर

आइतबार, मंसिर २८, २०७७ || 1006  पटक पढिएको

सिरहा। तीन वर्ष पहिले सबैला नगरपालिका वडा नं.४ पटेर्वाकी गुलाबो ठाकुरको विवाह जनकपुरधाम उपमहानगरपालिका वडा नं.१८ महुवाका शैलेन्द्र ठाकुरसंग भएको थियो । डेढ वर्ष पहिले शैलेन्द्र वैदेशिक रोजगारीका लागि कतार पुगे । विदेश पुगेको तीन महिनापछि शैलेन्द्रको श्रीमती गुलाबोले छोरी जन्माइन् ।
छोरी जन्माएको र छोराले सबै पैसा बुहारीमा नै खर्चेको भन्दै उनको सासु ससुरा र परिवारका अन्यले बुहारी गुलाबोलाई यातना दिन थाले । गुलाबोको सासु अनिता ठाकुर, ससुरा रामसागर ठाकुर, देवर सचिन ठाकुर र देवरानी प्रभा ठाकुरले पटक पटक निर्घात कुटपिट गरे । ‘छोरीलाई उनको सासु र ससुराले पटक पटक निर्घात कुटपिट गर्दा उनी माइत पर्टेवा आउँथिन्,’ गुलाबोकी आमा सबुज देवी ठाकुरले भनिन्, ‘छोरीलाई कहिले दाइजो खोई भन्थे, कहिले छोरी किन जन्माइएको भन्दै कुट्थे । श्रीमानले पैसा नपठाएको भन्दै निर्घात कुटपिट गरिन्थ्यो । परिवारका सबै सदस्य मिलेर कुटपिट गर्थे ।’ कात्तिक पहिलो साता पनि कुटपिट गर्दा गुलाबो माइती पटेर्वामा एक हप्ता बसिन् । कात्तिक १५ गते उनी पुनः महुवा पुगिन् । कात्तिक २१ गते पनि पहिला जस्तै उनको परिवारले साँझ कुटपिट गरे । साँझ कुटपिट गर्दा छिमेकीले सम्झाइबुझाइ झगडा साम्य पारिदिए ।

गुलाबोले घटनाको विषयमा बैदेशिक रोजगारीमा रहेका श्रीमान शैलेन्द्रलाई फोनमा सुनाए । शैलेन्द्रलाई किन भनेको भन्दै पुनः गुलाबोमाथि परिवारका सबै सदस्यले राति सहन नसक्ने गरी कुटपिट गरे । परिवारको कुटपिटबाट उनको मृत्यु भएको माइती पक्षको आरोप छ । गुलाबोकी भाउजू गीता शार्माले घटनाको केही समय पहिला आफूलाई ज्यानै मार्न लागेको गुलाबोले फोनमा सुनाएको बताइन् । ‘गुलाबोले आत्म हत्या गरको छैन् । उनको हत्या भएको छ,’ उनले भनिन्, ‘उनको शरीरभरि कुटपिट गरेकोे डाम थियो । हातखुट्टा भाँच्चिएको थियो ।’ घटनाको प्रकृति आँकल्न गर्दै उनले घाँटी च्यापेर हत्या गरेको आरोप लगाइन् । ‘आत्महत्या गरेकोे मानिसको शरीर झुण्डिएको हुनु पर्ने थियो तर, उनको शरीर ओ५्यानमा थियो ?,’ उनले प्रश्न गर्दै अगाडि थपिन्, ‘कोठाको समान जताततै फालिएको थियो । कान नाकमा लगाएको सुन खििोलएको थियो ।’ गुलाबोका बुबा रामनाथ ठाकुरले छोरीको योजनाबद्ध हत्या भएको बताए । प्रशासन र स्थानीय जनप्रतिनिधिले घटना ढाकछोप गर्न लागेको बताए । पछिल्लो समय प्रशासन क्षेत्रमा भइरहेको आर्थिक लेनदेनका कारण प्रहरीले घटना दर्ता नगरेको उनले गुनासो गरे ।
‘हत्यामा संलग्नलाई कारबाही हुनुपर्छ’
श्रीमतीको हत्या भएको र हत्यामा आफ्नो आमा, बुवा, भाइ लगायतको संलग्नता रहेको भन्दै उनीहरूलाई कानुन बमोजिम कारबाही गर्न शैलेन्द्रले कतारबाट गृह मन्त्रालय हुँदै स्थानीय प्रशासन समक्ष पत्र पठाएका छन् । उनले पठाएको पत्रमा भनेका छन्, ‘मेरो आफ्नै आमा, बुवा, भाई लगायतका व्यक्तिले श्रीमती गुलाबोको हत्या गरेका छन् उनीहरूमाथि कारबाही हुनुपर्छ ।’ उनले न्याय माग्दै दोषीलाई उन्मुक्ति नदिन प्रहरीसंग अनुरोध गरेका छन् । आफु विदेश आएपछि पटक पटक श्रीमतीलाई कुटपिट गरेकोे उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!