रबिन्द्र बराल

शनिबार, मंसिर २७, २०७७ || 853  पटक पढिएको

माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित कादुपाडा चाेकमा रहेको शिव मंदिर समिति ले दसौ वार्षिक साधारण सभामा सम्पन्न गरेको छ । साधारण सभामा शिव मंन्दिरमा काे शिव समिक्षालय हल निर्माणकार्य २लाख ४६हजार ८ सय ३५ रुपैयाँ , निमाण कार्य र समिक्षा लय हलको टिन लगाउने काम समाज सेवी वलवाहादुर वस्नेतले रु ८५ हजार रुपैयाँ वरावरको अनुदान र मंन्दिरमा ४ थान पंखा समेत दिएकाे हस्तान्तरण गरिएको र भक्तजनहरुवाट चन्दा सहयोग वापत १ लाख ६१ हजार ८ सय ३५ रुपैया बाट समिक्षा लयको छाना तथा पिलर उढाउने काम गरिएको थियोे । त्यसैगरी ३० हजार ३ सय ५४ रुपैयाँ त्यसैगरी गत वर्ष नगरपालिकाले २ लाख ३६ हजार ३१ रुपैया वरावरको ३ ढोकाको पक्की शौचालय निमार्ण कार्य सम्पन्न भएको संयाेजक लाल वहादुुुर बस्नेतले प्रतिवेदनमा प्रस्ट पारिएको थियो । कार्यक्रम का प्रमुख अतिथि बडा अध्यक्ष तथा बिष्ट अतिथि स्थानीय समाजसेवी बलवहादुर बस्नेत लाई मंन्दिर समितिले दाेसल्लाहा र फुलमाला ले सम्पन्न समेत गरेका थिए । बस्नेतले कार्यक्रम लाई सम्बाेधन गर्दे आगामी दिन हरुमा पनि शिव मंन्दिरमा सहयोग गर्दे जाने प्रतिव्यधता गरेका छन । कार्यक्रममा मंन्दिर व्यवस्थापन समिति का प्रतिनिधि ,बुद्धिजीवी तथा स्थानीय राम प्रसाद वजगाई, केदार मान खड्का लगायतको उपस्थिति समेेत रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!