हिपमत डटकम

शनिबार, मंसिर २७, २०७७ || 709  पटक पढिएको

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्क्सायरले आफ्नो टोलीले प्रिमियर लिग जित्नसक्ने बताएका छन् । शनिबार म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा डर्बी भिडन्तमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयअनुसार राति ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

यसअघि चोटका कारण आरबी लेइपजिगविरुद्धको खेल गुमाएका युनाइटेडका एन्थोनी मार्सियाल आजको खेलमा उपस्थित हुँदैछन् भने त्यस खेलमा उपस्थित नभएका इडिन्सन काभानी पनि आज मैदानमा हुनेछन् ।

युरोपेली च्याम्पियन्स लिगमा यसै साता गोल गरेका म्यानचेस्टर सिटीका सर्जियो अगुइरो आज बेन्चमा हुनछन् । इल्के गुन्डोगान उपलब्ध हुनेछन् भने एरिक ग्रासिया आजको खेलमा देखिनेछैनन् ।

युनाइटेडको अस्थिर फर्म

युनाइटेडको टोली उतार–चढावबाट गुज्रिएको छ । यसअघि आरबी लेइपजीगसँग ३–२ ले पराजित भएपछि च्याम्पियन्स लिगबाट युनाइटेड बाहिरिएको थियो । प्रिमियर लिगमा पनि युनाइटेडको प्रदर्शन अस्थिर देखिएको छ । टोट्टेनह्यामसँग ६–१ ले पराजित भएको युनाइटेड घरेलु मैदानमै आर्सनल र क्रिस्टल प्यालेससँग पराजित भइसकेको छ । यसका बाबजुद, सिटीलाई हराउन सकेको खण्डमा युनाइटेड चौथो स्थानमा उक्लनेछ, उसले शीर्ष स्थानको टोट्टेनह्यामसँगको अंकदूरी २ अंकमा झार्नेछ ।

युनाइटेडले आफ्ना पछिल्ला चार प्रिमियर लिग खेल जितेको छ । त्यसमध्ये तीन खेलमा सुरुवातमा पछि परेर पनि उसले अग्रता उल्ट्याएको थियो । सोल्क्सायरले आफ्नो टोली उपाधिको दाबेदारका रुपमा विकास भइरहेको बताए । ‘युनाइटेडामा तपाईले सधैं ट्रफी जित्ने लक्ष्य राख्नुपर्छ,’ सोल्क्सायरले भने,‘हामीले पक्कै पनि गत वर्षभन्दा सुधार ल्याउनुुपर्छ । तर मलाई लाग्छ, सबै टोलकिा हकमा यो लागु हुन्छ । म हरेक खेल जित्ने चाहनाका साथ उत्रन्छु । मलाई लाग्छ, तपाईको प्रश्नको जवाफ पनि यही हो । यदी, तपाईले सबै खेल जित्नुभयो भने अन्त्यमा ट्रफी जित्नुहुन्छ ।’

यस सिजन प्रिमियर लिगमा निकै कडा प्रतिस्पर्धा देखिएको छ । ११ खेलबाट २४ अंकसहित टोट्टेनह्याम पहिलो स्थानमा छ भने, समान अंकसहित लिभरपुल दोस्रो, २२ अंकसहित चेल्सी तेस्रो,२१ अंकसहित लेस्टर सिटी चौथो, १२ खेलबाट २० अंकसहित वेस्टह्याम पाँचौ, ११ खेलबाट २० अंकसहित साउथह्याम्पटन (गोलअन्तरमा पछि) छैटौं स्थानमा छन् । सातौं स्थानमा रहेको युनाइटेडको १० खेलबाट १९ र आठौँ स्थानको सिटीको १० खेलबाट १८ अंक छ । युनाइटेडविरुद्ध विजयी भएमा २१ अंक बटुलेर गोलअन्तरमा लेस्टरलाई पछि पार्दै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!