हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 710  पटक पढिएको

कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढेका छन् । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार सम्बन्धी ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा हत्याका घटनाहरुमा न्यूनीकरण हुन सक्ने उनीहरुको भनाइ छ ।

कोरोना भाइरसको महामारी पछि मानव अधिकार उलंघनका घटनामा बढेका छन् । गत वर्षको चैत महिनामा लकडाउन शुरु भए यता कार्तिक मसान्तसम्म सुदूरपश्चिममा २ सय ७६ जनाले आत्महत्या गरेका छन भने १ सय ६० बलात्कारका घटना भएका छन् ।

यस्तै ५८ बलात्कार प्रयास, १६ लैगिंक हिंसा र सबै भन्दा धेरै ५ सय २५ घरेलु हिंसाका घटना सार्वजनिक भएका छन् । मानव अधिकारकर्मी चित्रा पनेरुले यो अवधिमा अन्य समयमा भन्दा हिंसाका घटना बढेको बताइन् ।
लकडाउनका कारण समाजमा देखिएको मानसिक असरले यो अवधिमा सयौं जनाले आत्महत्या समेत गरेका छन् । त्यति मात्रै नभएर अवधिमा आर्थिक, समाजिक, सास्कृतीक अधिंकारको समेत हनन् भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

कोरोनाले रोजगारीका अवसर गुम्दा खान र बाच्न पाउने अधिकारको समेत हनन् भएको आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मोहनराज जोशीले बताए ।

सरोकारवालाहरुबीच समन्व नहुँदा पनि मानव अधिकार हनन्का घटना बढेको अनौपचारीक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिमका प्रमुख खडकराज जोशीले बताए । मानव अधिकार सम्बन्धी कानूनहरुको कार्यान्वयन भएमा हिंसा हत्याका घटनाहरुमा न्यूनीकरण हुन सक्ने बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले सबैखाले विभेदको अन्त्य गरी मानव अधिकारलाई प्राथमिकतामा राखेकोले त्यसलाई कार्यान्वयन गरेर नागरीकलाई प्रत्याभूत गराउन सरकारसँगै समाजिक अभियान्ता सबैको दायित्व भएको बताए ।

कोरोनाका कारण २२ दशमलव ५ प्रतिशत कर्मचारी र कामदारले सुदूरपश्चिममा रोजगारी गुमाएका छन् । कोरोना कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा १५ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ । महामारीकै कारण बालविकास देखि १२ कक्षासम्मका ७ लाख ९८ हजार ९ सय २५ विद्यार्थी पठनपाठनको अधिकारबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!