हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 895  पटक पढिएको

३ वटा ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीहरु साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र के डि एम इन्टरनेशनल प्रा.लि. लाई कालोसूचीमा राखेको हो । तीनवटै कम्पनीलाई १÷१ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । उनीहरुको कालोसूची बुधबारदेखि लागू भएको छ ।

सार्वजनिक खरिल ऐनको प्रावधान अनुसार तोकिएको समयभित्र निर्माण नसक्ने निर्माण व्यवसायी वा तोकिएको परिमाण, गुणस्तर र समयमा आपूर्ति गर्न नसक्ने आपूर्तिकर्ता वा तोकिएको समयमा परामर्श सेवा दिन नसक्ने परामर्शदाता लगायत ठेकेदार कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ । सोही अनुसार उनीहरुलाई कालोसूचीमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!