हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 701  पटक पढिएको

इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको छ । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए ।

इटालियन टिभी च्यानल राई स्पोर्टस्ले बिहीबार बिहानै रोस्सीको निधनको समाचार सार्वजनिक गरेको हो । यस टेलिभिजनमा उनी विज्ञका रुपमा काम गर्दै आएका थिए । टेलिभिजन प्रस्तोता इन्निरको भारियलीले भने, ‘निकै भयावह र दुखद् समाचार, पाउलो रोस्सीले हामीलाई छाडेका छन् ।’

यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन् । यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।

विश्वकपका स्टार
१९८२ को विश्वकपमा इटलीले ब्राजिललाई ३–२ ले हराएको खेलमा उनले निर्णायक ह्याट्रिक गरेका थिए । त्यसपछि सेमिफाइनलमा पोल्यान्डविरुद्ध इटली २–० ले विजयी हुँदा दुुबै गोल उनको नाममा थियो । फाइनलमा पश्चिम जर्मनीलाई इटलीले ३–१ ले हराउँदा उनले एक गोल गरेका थिए । आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनले विश्वकपमा गोल्डेन बुट तथा १९८२ को बेलोन डि अर र युरोपेली वर्ष खेलाडीको अवार्ड जिते ।

युुभेन्टस् र एसी मिलानबाट व्यवसाहिक फुटबल खेलेका रोस्सीले दुुईपटक सिरिए उपाधि र युरोपेली कप पनि जितेका थिए । उनले आफ्नो करियरमा इटलीका लागि ४८ वटा अन्तर्राष्ट्रिय खेल खेले, जसमा कुल २० गोल गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!