हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 1265  पटक पढिएको

पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ । कोरोना संक्रमित लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । २०४८ र २०६४ सालमा सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे ।

पारिवारिक रुपमा समेत समस्या झेल्दै आएका लामाले आफ्नो फेसबुक पेजमा अन्तिम स्टाटस गत डिसेम्वर ३ मा पोष्ट गरेका छन् । निकै भावुक बनेर लेखेको उक्त लामो स्टाटसमा आफुलाई सवैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमतीलाई गर्ने गरेपनि श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले जनाएका छन् ।

‘प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिङ्ग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेको छ ! यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्छन्, छ्या कति कुरुप सिलावरको देक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!’ लामाले आफ्नो अन्तिम स्टाटसमा भनेका छन् ।

अस्पतालको बेडमा सुतेको फोटोसहित राखिएको उक्त स्टाटसमा ‘यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?’ भन्ने प्रश्न गरेका छन् ।

उनले जीवन मरणको लडाईको बेलासमेत साथमानहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने भन्दै ‘लौ प्रिय गरि खान मनग्य गरि दिएको छु !!! बाँकी जीवन मोजगर !!! मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर,’ भावुक भएर लामाले आफ्नो पीडा पोखेका छन् ।

उनले आफु अन्यायमा परेको कुरामा कतैबाट न्याय नपाएपछि फेससबुक स्टाटस लेखेको पनि जानकारी गराएका छन् । ‘अनेक प्रयास र कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ माफ गर प्रिय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!,’ फेसबुक स्टाटसको अन्तिममा लेखेका छन् ।

https://www.facebook.com/kamansingh.lama.3/posts/3477896318930934

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!