हिपमत डटकम

बुधबार, मंसिर २४, २०७७ || 756  पटक पढिएको

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशङ्कामा २४९ जनालाई पक्राउ गरेको छ ।

उनीहरुमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ । कतिपय ठाडो जरिवाना गरेर छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी १२३ जना माछा मार्ने घटनामा संलग्न भएका हुन् । यसैगरी घाँस दाउराका ६३ जना, बालुवा गिट्टीका २५ जना, काठका १३ जना, गैँडा चोरीशिकारीका एक जना र अन्य वन्यजन्तु तस्करीका २३ जना रहेको उनले जानकारी दिए ।

साउनमा १७ जना, भदौमा १०२ जना, असोजमा २१ जना, कात्तिकमा ५४ जना र मङ्सिरमा ५५ जना पक्राउ परेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैँडा तस्करीका एक जना र काठका दुई जना कारागार चलान भएका छन् । उहाँले पछिल्लो समय चोरीशिकारका घटना बढेसँगै सुरक्षामा कडाइ गरिएको छ ।

पैदल, हात्ती, साइकल, डुङ्गा, गाडीलगायतबाट निकुञ्ज कर्मचारी र सेनाको संयुक्त टोलीले गस्ती गरिरहेको छ । दिन र रातको समयमा निकुञ्जका संवेदनशील क्षेत्रमा गस्ती बढाइएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष शुरु भएयता चार वटा दुर्लभ एकसिङ्गे गैँडा तस्करले मारेको अवस्थामा फेला परेका छन् । यससँगै सुरक्षालाई थप कडाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!