बीरेन्द्रकुमार साह

मंगलबार, मंसिर २३, २०७७ || 1616  पटक पढिएको

बिराटनग। मोरङ सुनवर्षी नगरपालिका वडा न -९ का ५५ बर्षिय नितलाल सिह केही महिनादेखी मुटुको रोगका कारण आफ्नो उपचार बिराटनगर स्थित नोबेल अस्पतालमा गराईरहनु भएको छ । आर्थिक अवस्था कमजोर रहेका नितलाललाई उपचार गराउन समस्या भएपछि सुनवर्षी युवा संजालले उहाँको घरमै पुगेर २० हजार एक सय एघार रुपैया सहयोग गरेका छन् । नितलाल सिंहको सुनवर्षी -९ डाईनिया घरमा नै पुगेर सुनवर्षी युवा संजालका अध्यक्ष कम्लेश्वर ठाकुर उपाध्यक्ष प्रमोद साह,इन्द्रजित राजबंशि ,महासचिव बीरेन्द्रकुमार साह सचिब सतिस कुमार दास ,कोषाध्यक्ष धिरेन्द्र साह, सदस्य राजकीरण दास लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै सुनवर्षी युवा संजालका अध्यक्ष कम्लेश्वर ठाकुरले यो सहयोग भन्दा पनि हाम्रो जिम्मेवारी सम्झेर उहाँको दुखको समयमा सारथि बन्न आएका हौ तपाईं एक्लै हुनुहुन्न तपाईको साथमा सुनवर्षिको सबै युवाहरुको माया र साथ छ अध्यक्ष ठाकुरले नितालालाको मनोबललाई उच्च पार्दै सान्त्वना दिनु भयो। यो हाम्रो सुरुवात हो हामीले अब संजाल मार्फत यस्तै सामाजिक काम संगै नगरमा भएका कार्यहरुमा समेत हाम्रो नजर रहने छ। नगरपालिकाले गर्ने हरेक राम्रो कार्यमा हाम्रो साथ् सहयोग रहने छ भने कमीकमजोरी भएको स्थानमा सुधारकालागि हामीले हाम्रो आवाज बुलन्द गर्ने छौ। हाम्रो यो संजालले नगरपालिकाभित्र रहेका युवाहरुको हक हित र अधिकार साथै स्वरोजगार लगायतको बिषयमा काम गर्ने अध्यक्ष ठाकुरले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!