हिपमत डटकम

मंगलबार, मंसिर २३, २०७७ || 704  पटक पढिएको

रौतहट हत्याकाण्डका फरार प्रतिवादी पक्राउ परेका छन् । रौतहट हत्याकाण्डका फरार प्रतिवादी राजपुरका ५५ वर्षीय मो.महताव आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले उनलाई रौतहट बौधीमाई बड्की बंकुलबाट पक्राउ गरेको जनाएको छ ।

२०६४ चैत २८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी जित्नका लागि चैत २७ गते साँझ साविक राजपुर फरदहवा गाविस–४ हाल राजपुर स्थित शेख इद्रिशको गोठ घरमा विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह ताजपुत समेत १५र१६ जना घाइते तथा २र३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकै रहेको इँटाभट्टामा लगि जलाईएको घटनामा संलग्न रही आलम फरार रहेका थिए ।

प्रारम्भिक अनुसन्धानमा महतावले आफ्नो दाइ मो. अफताव आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरुलाई ट्याक्टरमा राखि इँटाभट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!