रबिन्द्र बराल

सोमबार, मंसिर २२, २०७७ || 1323  पटक पढिएको

ईलाका प्रहरी कार्यालय रंगेली ले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका ब्रान्डेेेट माेवाईल प्रहरीले फेला पार्न सफल भएको छ । प्रहरी रंगेली नगरपालिका ,सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका का स्थानीय हरु काे दश वटा मोबाइल फेला पारेको छ । फेला पारेको साे माेवाईल साेमबार माेवाईल धनीहरुलाई हस्तान्तण गरेको छ । बिगत एक महिना अगाडि देखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आईमि नम्बर र लेखेर रंगेली प्रहरीलाई जिम्मा लगाएकाे थियोे ।
रंगेली प्रहरीले हराएका माेवाईल काे लागि भिन्दै डेक्स काे स्थापना गरि हराएका माेवाईल हरु खाेज तलास गर्ने थालेको प्रहरीले जनाएको छ ।९ महिना अगाडिदेखि मोबाइल हराएपछि पुनः भेटिए पछि बाएपछि सुनवर्सिका सूर्यनारायण दासले भने आफूले हराएको माेवाईल पाउने आसै थिएन तर प्रहरीले यसरी खोजेर पुनः आफूलाई बाेलाएर आफुलाई दिएकाे मा आफू निकै खुशी भएको र प्रहरीलाई धन्यवाद समेत दिएका छन ।
प्रहरीले बिरेन्द्र सिंह, बहादुर मण्डल ,सिता कुमारी राजवंशी , फिरोज मिया, सूर्य नारायण दास, लक्ष्मण शर्मा, खेम धिमिरे दिलिप कुमार साफि,माेहम्द कुर्वान,माैसम साह , लाई हराएको माेवाईल फिर्ता समेत गरेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!