हिपमत डटकम

सोमबार, मंसिर २२, २०७७ || 639  पटक पढिएको

आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

एकआपसमा मोटरसाइकल ठोक्किँदा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक र प्रदेश २–०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने व्यक्तिको ज्यान गएको काभ्रेका ट्राफिक प्रमुख इन्सपेक्टर विशाल तामाङले बताए ।

मोटरसाइकल चालक धुलिखेल–६ का २० वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोक चौताराका २८ वर्षीय हरिकृष्ण बस्नेतको ज्यान गएको इन्सपेक्टर तामाङले बताए । इन्सपेक्टर तामाङकाअनुसार उनीहरुको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घाइते तीन जनामध्ये एक जनालाई काठमाडौँ पठाइएको छ भने २ जनाको धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!