हिपमत डटकम

आइतबार, मंसिर २१, २०७७ || 1523  पटक पढिएको

नेपाल सरकारले सोमबार औपचारिक रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ । सोमबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।

त्यसका लागि नापी विभाग परिसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो ।

आर्थिक वर्ष ७५/७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ ।

२०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

सन् २०१९ मा चिनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।

पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!