हिपमत डटकम

शनिबार, मंसिर २०, २०७७ || 569  पटक पढिएको

चीनले अब प्रविधिको सहयोगमार्फत मौसमलाई पनि नियन्त्रणमा राख्ने कोसिस गर्दैछ । यसका लागि उसले २०२५ सम्मका लागि एक कार्यक्रम बनाएको छ । यस कार्यक्रम ५० दशमलव ५ लाख वर्ग किलोमिटर क्षेत्रफलसम्म बिस्तार गर्ने उसको योजना छ, जो भारतको कुल क्षेत्रफलभन्दा झन्डै डेढ गुणाले बढी हो ।

चीनको स्टेट काउन्सिलले २०२५ सम्मका लागि बनाएको योजनामा यस्तो हिउँ र वर्षालाई नियन्त्रणमा लिन सकिने उल्लेख छ । चीनले यस कार्यक्रमलाई ‘एक्सपेरिमेन्टल वेदर मोडिफिकेशन प्रोग्राम’ नाम दिएको छ । चीनका अनुसार यस योजनाले प्राकृतिक संकटबाट राहत मिल्नेछ र कृषि उत्पादन बढाउन सहयोग मिल्नेछ । धेरै तापक्रमयुक्त इलाकामा तापमान घटाउने, सुख्खा प्रभावित क्षेत्रमा वर्षा गराउने र धेरै वर्षा र हिउँ नियन्त्रणमा राख्ने काम पनि गर्नेछ ।

चीनले मौसमी परिवर्तनलाई नियन्त्रणमा राख्ने प्रयास गरेको यो पहिलोपटक होइन । २००८ को बेइजिङ ओलम्पिकका दौरान पनि उसले यस्तै गरेको थियो ।
वर्षा रोक्न र आकाश सफा गर्नका लागि क्लाउड सिडिङको साहारा लिइएको थियो । चीनले यसपटक आफ्नो महत्वाकांक्षी योजनाका लागि ठूलो लगानी गरिरहेको छ । २०१२ देखि २०१७ सम्म उसले यस कार्यक्रममा झन्डै १ दशमलव ३४ बिलियन डलर खर्च गरिसकेको छ । चीनियाँ सरकारी मिडियाहरुका अनुुसार यस कार्यक्रम लागु भएपछि जिनजियाङ राज्यमा अशिनाका कारण हुने नोक्सानी ७० प्रतिशतसम्मले कम गर्न सहयोग पुुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!