हिपमत डटकम

शनिबार, मंसिर २०, २०७७ || 805  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै भएको वार्तापछि सचिवालय बैठक शुरु भएको अध्यक्षको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब आधा घण्टा एक्लाएक्लै छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार दुई अध्यक्षबीचको वार्तापछि सचिवालय बैठक साढे १ बजे शुरु भएको हो ।

अध्यक्ष ओलीलाई भेटन अर्का अध्यक्ष प्रचण्ड बैठक अघि बालुवाटार पुग्नुभएको थियो । लामो समयपछि दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भएको छ । दुई अध्यक्षको वार्ताले वातावरण सकारात्मक बनेको बुझाई नेताहरुको छ । आजको बैठकमा दुई अध्यक्षका प्रस्तावबारेमा छलफल हुने बताइएको छ । यद्यपि अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ताको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!