सम्झना कामीको बलात्कार–हत्या आरोपी राजेन्द्र बोहरालाई सुरक्षा घेरा तोडेर भागेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो ।

मंसिर ६ मा कोरोनाभाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि उनलाई जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।

गत राति १० बजेर ३५ मिनेटमा उनी झ्यालबाट भागेका थिए । तर, भागेको १० घण्टामा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले  बताए ।

‘हत्या आरोपी राजेन्द्र बोहरालाई डोटीको पुर्वीचौकी गाएँपालिका–१ बाट पक्राउ गरेका छौं’ प्रहरी वरिष्ठ उपरिक्षक सिंहले भने–‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’

डोटीको सिलगढी नगरपालिका–६ स्थित बालसुधार गृहमा रहेका अन्य ३ जना थुनुवालाई पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । १६ वर्षीय बोहरा सोही मौका छोपेर बोहरा भागेका हुन् । उमेर कम भएको हुनाले जिल्ला अदालत बझाङले उनलाई बाल सुधार गृहमा राख्न आदेश दिएको थियो ।

३ प्रहरी निलम्बनमा

राजेन्द्र बोहराको सुरक्षामा खटिएका ३ जना प्रहरीलाई निलम्बन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन दिएको छ । बोहराको सुरक्षाका लागी अस्पतालमा खटिएका एकजना हवल्दार र दुईजना जवानलाई निलम्बन गरेर घटना छानविन गरिने प्रहरी बरिष्ठ उपरीक्षक सिंहले  बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!