
सुनसरी र मोरङको दुई स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

बिहिवार अपरान्ह ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० बाट स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान-११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
निजहरुको घर कोठामा नै लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निजहरुको घर कोठाबाट DIALEX-DC 100 ml लेखिएको ३६ बोतल,स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका-१ बाट सोही गाउँपालिका-३ का २० बर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि.सी. ७ बोतल बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।