हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 823  पटक पढिएको

मापसे गरेर होहल्ला गरेको आरोपमा घोराही उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले पन्थीलाई गएराति नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइ हिरासतमा राखेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।

प्रहरीले मापसे गरेर होहल्ला गर्नुका साथै प्रहरीसँग अभद्र व्यवहार गरेका कारण उनलाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घोराही उपमहानगरले केही समय पहिले नगरभित्रको सुरक्षा, बजार व्यवस्थापन लगायतका कुराहरुमा सहयोग गर्ने गरि उपमहानगरमा नगर प्रहरीको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!